खेलकुद

विश्वकप क्रिकेट फाइनल : भारतले हार्‍यो टस

By खबरहब

November 19, 2023

काठमाडौँ- विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा टस जितेको अस्ट्रेलियाले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको छ ।

घरेलु मैदानमा भारत अपराजित यात्रा कायम राख्दै उपाधि जित्ने दाउमा हुँदा अस्ट्रेलिया सर्वाधिक उपाधि जित्ने आफ्नै नामको कीर्तिमान भत्काउन चाहन्छ । खेल अबको केही समयमा सुरु हुनेछ ।

फाइनल खेलमा भारतले कुनै पनि खेलाडी परिवर्तन गरेको छैन् भने अस्ट्रेलियाले पनि यस अघिका खेलाडीलाई नै निरन्तरता दिएको छ ।