खेलकुद

नरेन्द्र मोदी रंगशालामा पहिला ब्याटिङ गर्ने टिम बलियो

By खबरहब

November 19, 2023

काठमाडौं- विश्वकप क्रिकेटको फाइनल खेलमा अहिले भारत र अस्ट्रेलिया खेलिरहेका छन् । अहमबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको खेलमा टस हारेको भारतले ब्याटिङ गरेको छ ।

फाइनल खेलमा भारतले कुनै पनि खेलाडी परिवर्तन गरेको छैन भने अस्ट्रेलियाले पनि यस अघिका खेलाडीलाई नै निरन्तरता दिएको छ ।

१ लाख ३० हजार दर्शक क्षमता रहेको यो रंगशाला स्पिनरका लागि उपयुक्त देखिएको छ । सुख्खा पिच भएका कारण यसले स्पिनरलाई फाइदा पुग्ने देखिन्छ । पिचको प्रकृती अनुसार ब्याटिङ गरेर ठूलो स्कोर बनाउने टिमका लागि खेल सजिलो हुने अनुमान लगाइएको छ ।

जारी विश्वकपमा यो मैदानमा चार खेल भएका छन् । जसमा लक्ष्य पछ्याउने टिमले तीन खेल जितेका छन् । यो मैदानमा ब्याटिङ पहिले गरेर जित्ने टिम अस्ट्रेलिया मात्र हो ।

यो मैदानमा हालसम्म ३२ खेल हुँदा १७ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने १५ खेलमा पछ्याउने टोलीले जित निकालेको छ । भारतीय टोलीले भने यो मैदानमा कुल १९ खेल खेलेको छ ।

जहाँ भारतले ११ खेल आफ्नो पक्षमा पार्दा कुल ८ खेलमा भने हार ब्यहोरेको छ । अस्ट्रेलिया भने यो मैदानमा कुल ६ खेल खेल्दा ४ मा जित र २ हार ब्यहोरेको छ ।