जीवनशैली

दूध किन फाट्छ ? 

By खबरहब

December 19, 2023

दूध हामी सबैलाई थाहा छ । लामो समय बाहिर खुला हावामा राख्दा वा केही अमिलो पदार्थ मिसाउँदा दूध फाट्ने गर्छ । धेरैलाई दूध किन फाट्छ भन्ने जिज्ञासा पनि हुन सक्छ ।

दूध फाट्दा त्यसमा उत्पन्न हुने तत्त्वलाई ‘ल्याक्टिक एसिड’ भनिन्छ । दूध राम्ररी उमालेर कुनै भाँडोमा बन्द गरेर राख्ने हो भने लामो समयसम्म नफाट्न सक्छ ।

दुध उमाल्दा त्यसमा भएका कीटाणुहरू मरिसकेका हुन्छन् । धेरैले दूधलाई फटाएर पनिर पनि बनाउने गर्छन् ।

फाटेको दूध पानी र छोक्रा दुई भागमा छुटिन्छ । त्यो छोक्राबाट पनिर बनाइन्छ भने पानी पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ । किनकी त्यो पानीमा प्रोटिन र ल्याक्टिक एसिडजस्ता पोषक तत्त्व पाइन्छ ।