समाचार

भैँसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी

By खबरहब

December 19, 2023

काठमाडौं– ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । 

मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको हो । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ  । बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनुपर्ने प्रहरीको अनुमान छ। 

 आगलागीको कारण खुलेको छैन भने क्षति यकिन पनि भइसकेको  छैन ।