ब्रेकिङ स्टोरी

डा सन्तोष पौडेल वीर अस्पतालमा फर्किन बाटो खुल्यो 

By खबरहब

December 19, 2023

 काठमाडौँ– सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्बहालीको माग राख्दै  सर्वोच्चमा रिट दायर गरेका थिए ।

स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए । त्यसलगत्तै डा पौडेलले पुनर्बहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

 सर्वोच्चको यस्तो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेललाई पुनः वीर अस्पतालमा फर्किने छन् ।