आर्थिक

मंगलबार पनि सेयर बजार उकालो

By खबरहब

December 19, 2023

काठमाडौं- मंगलबार पनि सेयर बजार उकालो लागेको छ । मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक २१०६.४८ विन्दुमा आएर बन्द भएको छ ।

मंगलबार ३१३ कम्पनीका ९९ हजार ६ सय ४१ पटक भएको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन १८३ कम्पनीको सेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर छ ।