खेलकुद

मिचेल स्टार्क बने आईपीएलमा महँगा खेलाडी

By खबरहब

December 19, 2023

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क २४ करोड ७५ लाख भारुमा कोलकत्ता नाइट राइडर्समा अनुबन्ध भएका छन । यो मूल्यसँगै उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने ।

यूएईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क सबैभन्दा महँगा खेलाडी भए । यसअघि आजै प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

स्टार्कलाई अनुबन्ध गर्नका लागि कोलकाता र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा कोलकाताले कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो ।