समाचार

नाडामा जुट्यो सहमति, करण चौधरी अध्यक्ष बन्ने

By खबरहब

December 19, 2023

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् । प्रतिस्पर्धामा आकाश गोल्छा प्रकाश कपुरी र करण चौधारी रहेकोमा चोधारीलाई सर्वसम्मत गर्ने निर्णय गरिएको नाडाले जनाएको छ।

मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरूसमेतको बैठकमा अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति भएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए।

यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको थापाको भनाइ छ। नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ। २१ गते नयाँ कार्यसमिति चयन हुने छ।