ब्रेकिङ स्टोरी

कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने

By खबरहब

January 20, 2023

काठमाडौं– नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उममेदवार बनाउने निर्णय गरेको छ । 

शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरूको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुन् ।