ब्रेकिङ स्टोरी

उपसभामुखमा इन्दिराको उम्मेदवारी दर्ता

By खबरहब

January 20, 2023

काठमाडौं– सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् । 

शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ ।