फाइल फोटो

ब्रेकिङ स्टोरी

सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहको निर्देशन

By खबरहब

January 20, 2023

काठमाडौँ — नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले कोइरीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

विज्ञप्तीमा मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । हत्या आरोपमा तारेख गुजारी फरार कोइरी महोत्तरी– १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।