तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतसँग विश्वकै सबैभन्दा ठूलो जुत्ता उत्पादक बन्नसक्ने क्षमता छ : भारतीय वित्तमन्त्री गोयल

By खबरहब

January 20, 2023

काठमाडौँ- भारतका वित्त एवम् उद्योगमन्त्री पियूष गोयलले भारतसँग विश्वकै सबैभन्दा ठूलो जुत्ता उत्पादक मुलुक बन्नसक्ने क्षमता रहेको जनाएका छन् ।

राजधानी दिल्लीमा आयोजिय कार्यक्रममा उनले जुत्ता एवम् छालाका उत्पादन बढाएर विश्वकै सबैभन्दा ठूलो उत्पादक बन्ने क्षमता भारतसँग रहेको जनाएका हुन् ।

छालाजन्य वस्तुका उत्पादक तथा निर्यातकर्तासँगको छलफल कार्यक्रममा मन्त्री गोयलले यस क्षेत्रमा रहेका कम्पनी, उद्यमी र व्यवसायीलाई भारतमा यस क्षेत्रका लागि पर्याप्त सम्भावना रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष भारतको वस्तु तथा सेवाको निर्यात पनि बढ्ने अपेक्षा गरिएको बताए ।