तस्वीर- एपी

खेलकुद

लिलविरुद्ध पीएसजीको रोमाञ्चक जित

By खबरहब

February 20, 2023

काठमाडौँ- फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन पीएसजीले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।

आइतबार घरेलु मैदान पार्क डे पेरिसमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त फ्रिकिक सदुपयोग गर्दै लियोनेल मेस्सीले गोल गरेपछि पीएसजीले तीन अंक निश्चित गरेको हो ।

यसअघि केलियन एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे ।

तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २–१ को स्थितीमा ल्याए । ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।

तर, खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुन गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का गर्‍यो ।

लिग १ मा पीएसजी सन् २०२१ को अप्रिलयता अपराजित छ । त्यसबेला पीएसजीले लिलसँगै १–० को हार बेहोरेको थियो ।