सांकेतिक तस्बिर

देश/प्रदेश

बन्दीपुरको सुनचाँदी पसलमा आगलागी

By खबरहब

February 20, 2023

काठमाडौँ- तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ ।

आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, भानुले जनाएको छ ।

आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।