तस्वीर- टोटेनह्याम

खेलकुद

प्रिमियर लिगमा वेस्टह्यामविरुद्ध टोटेनह्याम विजयी

By खबरहब

February 20, 2023

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा टोटेनहम्याम हटस्परले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । टोटनह्यामले वेस्टह्याममाथी २–० को विजय हासिल गरेको हो ।

इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनह्यामले घरेलु मैदानमा वेस्टह्यामविरुद्ध २–० को जित हासिल गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्टह्यामले टोटेनह्यामलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलमा ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनह्यामलाई १–० को अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा सनले गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल भए ।

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनह्यामको २४ खेलबाट ४२ अंक पुगेको छ । पराजित वेस्टह्याम २३ खेलबाट २० अंक जोडेर १८औं स्थानमा छ ।