तस्वीर- गेटी इमेज

खेलकुद

लेस्टर सिटीविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार जित

By खबरहब

February 20, 2023

काठमाडौँ- इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि शानदार जित निकालेको छ ।

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५ औं मिनेटमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लियो । खेलको ५६ औं मिनेटमा रासफर्डले दोस्रो गोल गर्दै युनाइटेडलाई खेललाई २–० को अग्रता दिलाए ।

६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।