सांकेतिक तस्बिर

अपराध

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

By खबरहब

February 20, 2023

काठमाडौँ- विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । केन्द्रिय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

साइबर ब्युरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाइल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीको आजै अदालतमा म्याद थप गरिनेछ ।

गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।

रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपमा साइबर ब्युरोमा केही दिनअघि उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।