फाइल तस्वीर

राजनीति

को बन्ला नेपालको भावी राष्ट्रपति ? एसडी मुनीले अघि सारे चार जनाको नाम

By खबरहब

February 20, 2023

काठमाडौँ- नेपाल मामिलाबारे चासो राख्ने भारतका बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिका लागि चार जनाको नाम अघि सारेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मुनीले नेपाली राष्ट्रपतिका लागि चार जनाको नाम अघि सारेका छन् ।

उनले ट्विटरमा देवेन्द्रराज पाण्डे, प्राध्यापक (लोकराज) बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम अघि सारेका हुन् ।

ट्विटमा उनले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने माग जायज रहेको समेत टिप्पणी गरेका छन् ।

 

Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.

— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023