अपराध

चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ 

By खबरहब

February 20, 2023

चितवन– पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान १ बजे राप्ती नगरपालिका-१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । 

पक्राउ परेका उनीहरूको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।