फाइल फोटो

राजनीति

डा श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

By खबरहब

February 20, 2023

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा. डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन्।

लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा डा. श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।