सांकेतिक तस्बिर

देश/प्रदेश

बोरामा एक महिलाको शव फेला 

By खबरहब

February 20, 2023

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका-२ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ । 

विराटनगर महानगरपालिका-१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा उनको शव फेला परेको हो । 

शरीरमा चोट लागेकाले हत्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले  घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।