ब्रेकिङ स्टोरी

माओवादीको पदाधिकारी बैठक सुरु

By खबरहब

February 20, 2023

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।