फाइल फोटो

ब्रेकिङ स्टोरी

‘दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित’

By खबरहब

February 20, 2023

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित भएको टिप्पणी गरेका छन् ।

सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताएका हुन् । उनले एमाले पार्टी विशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधान विपरित नै रहेको जिकिर गरे ।

राष्ट्रपतिका लागि कुनै दलले प्रस्ताव राख्ने कुरा स्वभाविक भएपनि कुनै दल विशेषलाई नै राष्ट्रपति बनाउने भन्ने विषय फरक रहेको उनले बताए । गुरुङले राष्ट्रपति संविधानको संरक्षक भएकाले साझा व्यक्तिका रुपमा उक्त संस्थामा प्रवेश गर्नुपर्ने धारणा राखे । उनले राष्ट्रपति गठबन्धनसँग जोडिएको विषय नभएको समेत बताए ।

यसअघि भएको कटुवाल प्रकरण, संसद् विघटन प्रकरण, सरकारको सिफारिस कार्यन्वयन नभएको विषय लगायतलाई हेर्दा राष्ट्रिय सहमतिका आधारमा दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उनले बताए ।