ब्रेकिङ स्टोरी

राष्ट्रपति चुनावबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई

By खबरहब

February 20, 2023

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावबारे निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले याे निर्णय गरेको हो ।

सोमबार बसेको पदाधिकारी बैठकले २५ फागुनमा हुने राष्ट्रपति चुनावमा पार्टीले लिने कदमबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।