फाइल तस्वीर

राजनीति

उपराष्ट्रपति यादवले दिए पार्टीको जिम्मेवारीबाट राजीनामा

By खबरहब

March 20, 2023

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजीनामा स्वीकृत गरेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए।

जसपा नेपालको महासचिवसमेत रहेका यादव गत चैत ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । संवैधानिक पदमा पुगे पछि पार्टीको जिम्मेवारीमा रहन नमिल्ने व्यवस्था छ।