आर्थिक

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

By खबरहब

March 20, 2023

काठमाडौँ –  नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य सोमबार घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन तोलाको १ लाख १० हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।