सांकेतिक तस्बिर

समाचार

सर्लाहीमा गाँजासहित एक भारतीय नागरिक पक्राउ

By खबरहब

March 20, 2023

सर्लाही – विष्णु गाउँपालिका–५ फेन्हराबाट ४ किलोग्राम गाँजासहित एक भारतीय पक्राउ परेका छन्।

भारतीय नागरिक २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध र भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।