फाइल तस्वीर

राजनीति

उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई

By खबरहब

March 20, 2023

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् ।

उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जालमार्फत् ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन् ।

उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गरेका छन् ।

यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लौनचौर पुगेर पदबहाली गरेका छन् ।