राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : सीके राउत

By खबरहब

March 20, 2023

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।

“हाम्रो पार्टी देशमा स्थायित्वका पक्षमा छ, जनजताको हितको कुरा सोचौँ, गठबन्धनमा रहँदा आपसी असहमति होलान्, त्यसलाई बिर्सिएर सहमतिका साथ अगाडि बढौँ”, उनले भने ।

उनले पटक पटक विश्वासको मत लिनु स्थिरताका लागि राम्रो कुरा नभएको भन्दै यस्तो परिस्थिति पटक(पटक नआओस् भनी कामना समेत गरे ।