सांकेतिक तस्बिर

देश/प्रदेश

मकवानपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

By खबरहब

March 20, 2023

मकवानपुर – मकवानपुरमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक महिलाको मृत्यु भएको हो ।

स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।