अन्तर्राष्ट्रिय

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

By खबरहब

March 20, 2023

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजीकको सम्बन्ध रहेको बताएका छन् ।

उनले भने, ‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर भन्ने माग गर्छ ।’ रुसी सरकारी टेलिभिजनले यस बारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ ।