ब्रेकिङ स्टोरी

उपेन्द्रलाई मत माग्न सत्तारुढ गठबन्धनका शीर्ष नेता आज बारा जाँदै 

By खबरहब

April 20, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेता आज बारा जाँदै छन् ।

गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि गठबन्धनमा रहेका प्रमुख दलका नेता बारा जान लागेका हुन् । बारा–२ मा आज बृहत् चुनावी सभा राखिएको छ ।

उक्त चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जान लागेका हुन् ।