काठमाडौँ – नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कायम भएको छ।
बुधबार छापावाल सुन मूल्य प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार चाँदी तोलाको १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।