फोटो फिचर

मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

By खबरहब

April 20, 2023

काठमाडौँ – आज (शुक्रबार) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ ।

मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

आमालाई विभिन्न खानेकुरा, कपडा तथा मन पर्ने वस्तु उपहार दिने चलन छ भने दिवंगत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ । सोहीक्रममा काठमाडौँको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ।

दिवंगत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्दछन्।