तस्बिर- भद्र नकाल

देश/प्रदेश

भेरीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु

By खबरहब

April 20, 2023

सुर्खेत- भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा दुई जना श्रमिकको मृत्यु भए छ भने ८ जना घाइते भएका सुर्खेत प्रहरीले जनाएको छ  ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार गम्भिर घाइते ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भइरहेको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको  छ ।