अपराध

चक्कु प्रहारबाट काठमाडौंमा एक महिलाको मृत्यु

By खबरहब

April 20, 2023

काठमाडौं– काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारमा परेकी महिलाको मृत्यु भएको छ। बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यमाथि चक्कु प्रहार भएको  हो ।

बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् ।

चक्कु प्रहारमा घाइते भएकी आचार्यको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्‍याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो। प्रहार गर्ने व्यक्ति फरार छन्।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।