प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

दाङमा नुहाउने क्रममा डुबेर एक किशोरीको मृत्यु

By खबरहब

April 20, 2023

दाङ– दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो हापुर खोलामा बाँधिएको कुलाको बाँधमा नुहाउने क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टाकी १४ वर्षीया चेतना रावतको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

सङ्ग्राम खोला र हापुर खोलाको दोभानमा नुहाउन गएको बेला खोलामा डुबेकी किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।