राजनीति

हर्क साम्पाङविरुद्ध वडाध्यक्षहरुले दिए अख्तियारमा उजुरी

By खबरहब

April 20, 2023

काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिहीबार सामाजिक सञ्जालमार्फत नगरका प्रमुख साम्पाङले आफूविरुद्ध वडाअध्यक्षहरुको उजुरी दिएको बताएका छन् ।

खानेपानी सहयोग अभियानका कारण उनीविरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको बताइएको छ ।उनले यस विषयमा आफूलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन्।

‘जनताले स्वस्फूर्त दिएको सहयोग लिएर धरानको खानेपानी समस्या समाधान गर्न खोज्दा मलाई मेरा विरोधीहरूले अख्तियारमा उजुरी दिएका छन्’, मेयर साम्पाङले बिहीबार लेखेका छन्, ‘यो बारेमा आम धराने जनता र आम नेपाली जनता बोल्नुपर्ने बेला आयो।’