खेलकुद

‘ए’ डिभिजन लिगमा आज थ्री स्टार र सातदोबाटो भिड्दै

By खबरहब

May 20, 2023

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

लिगको दोस्रो लेगको छैटौं चरण अन्तर्गत आज थ्रि–स्टार क्लब र सातदोबाटो युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार आज सातौं जितको योजनामा छ भने सातदोबाटो आठौं जितको खोजीमा रहेको छ ।