ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

By खबरहब

June 20, 2023

काठमाडौँ– संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा सांसद गोकुल प्रसाद बाँस्कोटा र प्रेम सुवालले सहरी विकास मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद सूर्यबहादुर थापा, स्वर्णिम वाग्ले, प्रभु शाहले अर्थ मन्त्रालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।