अन्तर्राष्ट्रिय

अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने प्रतिबद्धता

By खबरहब

June 20, 2023

बेइजिङ– अमेरिका र चीनले आफ्नो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने वाचा गरेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो दुई दिने बेइजिङ भ्रमण पछि सो जानकारी दिएका हुन् ।

ब्लिन्केनले प्रतिद्वन्द्वी महाशक्तिहरूबीच उच्चस्तरीय सञ्चार पुनः सुरु गर्दै सोमबार वार्ताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए ।

ब्लिंकेनले भने, ‘उच्च स्तरको संवाद जिम्मेवारीपूर्वक भिन्नताहरू व्यवस्थापन गर्न र प्रतिस्पर्धालाई द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्ने उत्तम तरिका हो ।’ उनले दुवै पक्ष सम्बन्धलाई स्थिर बनाउनका लागि सहमत भएको बताए ।

बेइजिङ र वाशिंगटन बीचको सम्बन्ध ट्रम्प युगको व्यापार युद्ध, ताइवानमाथि बेइजिङको दृढ दाबी र यस वर्षको सुरुमा अमेरिकामा कथित चिनियाँ जासुस बेलुनलाई गोली हानेपछि खस्किएको थियो ।

ब्लिन्केनको भ्रमण, लगभग पाँच वर्षमा शीर्ष अमेरिकी कूटनीतिज्ञद्वारा चीनमा गरिएको यो पहिलो भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सीले पनि दुई देश बिचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउनु पर्नेमा जोड दिएका छन्  ।

‘‘दुवै पक्षले प्रगति पनि गरेका छन् र केही विशेष मुद्दाहरूमा सहमतिमा पुगेका छन्,’ अमेरिकी राज्य विभागले जारी गरेको आफ्नो टिप्पणीमा भनिएको छ– यो धेरै राम्रो छ ।’