देश/प्रदेश

बझाङ दुर्घटना : सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

By खबरहब

June 20, 2023

काठमाडौँ- सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्रीको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटनास्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो ।

मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ ।