फाइल तस्विर

ब्रेकिङ स्टोरी

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान

By खबरहब

July 20, 2023

काठमाडौँ– सरकारले विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी भए दिन आह्वान गरिएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले आज उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो ।

समितिले आज एक सूचना जारी गरी सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छैनन् भन्ने लागेमा आधार र सबुत प्रमाणसहित उजुरी दिन भनेको छ ।

सूचनाअनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्नेछ । उजुरी दिने व्यक्तिले नाम, थर, वतन र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जनाइएको छ । उजुरीकर्ताले १४ साउनसम्म उजुरी दिन पाउनेछन् । 

सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदूतका लागि हालै सिफारिस गरेको थियो ।

सरकारले सिफारिस गरेका व्यक्तिहरूमा परेको उजुरी छानविन र सोधपुछ पछि समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरूको नियुक्ति हुनेछ ।