ब्रेकिङ स्टोरी

बरामद गरिएको सुन ढुकुटीमा राखियो 

By खबरहब

July 20, 2023

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ । 

बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हो । राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो । 

रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छन् ।