ब्रेकिङ स्टोरी

सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

By खबरहब

July 20, 2023

काठमाडौं –एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्।

उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभाग स्रोतका अनुसार श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको हो । भट्ट एक कम्पनीका सञ्चालक रहेको बताइएको छ । उनीहरूको ठेगाना खुल्न बाँकी छ।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ ।