देश/प्रदेश

आज तरकारी तथा फलफूलको मूल्य कति ?

By खबरहब

August 20, 2023

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ७०, घिरौँला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली १४०, कागती १६०, भिण्डी ८०, निगुरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५५०, केरा दर्जनको १३०, अनार २८०, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४००, किवी ७००,  हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २२०, चाइनिज लसुन २५०, लसुन हरियो १८०, रुख कटहर ५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ६०, फूजी स्याउ ३५०, मौसम १४०, जुनार ३२०, तोफु ११०, पिँडालू ७०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० रुपैयाँमा कारोबार भइरहेको छ ।