फाइल तस्बिर

ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनले ललिता निवास प्रकरणमा नेताहरुको बयान नलिने निर्णय गर्न पाउँछ ? : गगन थापा

By खबरहब

August 20, 2023

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा मुछिएका नेताहरुको बयान नलिने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।

झापाको शिवसताक्षीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता गठबन्धनको बैठकमा ललिता निवास प्रकरणमा नेताहरूको बयान नलिने निर्णय भएकोबारे आफूले थाहा पाएको उल्लेख गरे । उनले प्रश्न गरे, ‘के गठबन्धनका नेताहरुले यो विषयमा छलफल गर्न वा निर्णय लिन पाउनुहुन्छ ?’

केही समयअघि सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा प्रहरीलाई पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन बाटो खुला गरेको थियो । यद्यपि पूर्वप्रधानमन्त्रीद्वयको बयान लिने विषयमा कुनै पहल भएको देखिएको छैन ।