अन्तर्राष्ट्रिय

पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु

By खबरहब

August 20, 2023

लिमा- पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएका छन् ।

दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आज बिहान खसेको हो हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले एएफपीलाई बताए ।

घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति, मर्मतसम्भार नगरिएका खराब सडक, सुरक्षा तथा जोखिमसूचनक सडक सङ्केतको कमी र सवारी नियमको अक्षरसः पालना नहुँदा पेरुका राजमार्गमा प्रायः दुर्घटना भइरहन्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।