तस्वीर- महर न्यूज एजेन्सी

अन्तर्राष्ट्रिय

पाकिस्तानमा बम विस्फोट, ११ मजदुरको मृत्यु

By खबरहब

August 20, 2023

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानमा बम विस्फोट हुँदा ११ जना मजदुरको मृत्यु भएको छ । उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।

एआरवाई न्युजका अनुसार मजदुर चढेको एउटा भ्यानमा बम विष्फोट हुँदा उक्त हताहती भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

अघिल्लो साता वजिरिस्तानको बाजौरमा ठूलो आत्मघाती विष्फोट भएको थियो । चुनावी सभामा सहभागी हुन गएकाहरूलाई लक्षित गरी गराइएको उक्त विस्फोटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो ।

इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुई सयभन्दा बढी घाइते भएका थिए ।