फाइल फोटो

राजनीति

‘सुन तस्करी प्रकरणमा सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउँछ’ 

By खबरहब

August 20, 2023

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा आज बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताएका हुन् ।

उनले भने, ‘छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित भएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन, सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ भन्ने आशा जागेको छ ।’

उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने दाबी गरे ।